माछापुच्छ्रे बैंकमा जागिर खुल्याे, अनलाइन फर्म भर्न सकिने

  • साझा डबली
  • बिहिबार, अशोज ३०, २०७६
  • काठमाडौं, असोज ३०। माछापुच्छ्रे बैंकले २५ म्यानेजमेन्ट ट्रेनी सहित ११५ जना कर्मचारीको लागि आवेदन खुल्ला गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र वा बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट पदको लागि आवेदन खुल्ला गरेको छ ।

    बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि व्यवस्थापनमा स्नातोत्तर तह उतिर्ण गरेको हुनुपर्ने छ । यस्तै अर्थशास्त्रमा ६० प्रतिशत वा सिजिपिएमा ३.२५ भन्दा बढि ल्याउनेले आवेदन दिन पाइने प्रष्ट पारेको छ । यस्तै, जुनियर एसिटेन्टका लागि व्यवस्थापनमा स्नातक वा सो सरह कम्तीमा ५५ प्रतिशत ल्याइ उतिर्ण गरेको हुनुपर्ने बैंकले बताएको छ ।

    बैंकमा आवेदन दिन चाहनेले बैंकको वेबसाइटमा गएर अनलाइन फर्म भर्न सकिने छ । बैंकले कार्तिक १३ भित्रमा आवेदन दिनुपर्ने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology