परपुरुषसँग मिलेर पतिको हत्या, सेफ्टी ट्यांकीमा भेटियो शव

  • साझा डबली
  • नवलपरासी,असोज ४ । नवलपरासी पश्चिमकी एक महिलाले परपुरुषसँग मिलेर आफ्नै पतिको हत्या गरेकी छन्। रामग्राम नगरपालिका–३, घोडापालीकी सरस्वती पोखरेलले आफ्नै पति ४१ वर्षीय रविन्द्रप्रसाद पाण्डेको हत्या गरेकी प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार सरस्वतीले परपुरुषसँगको मिलेमतोमा पतिको हत्या गरेकी अनुसन्धानबाट खुलेको छ ।

    १८ भदौदेखि रविन्द्रप्रसाद पाण्डे हराइरहेका थिए । उनको खोजी गर्नेक्रममा शुक्रबार रामग्राम वडा नम्बर ३ कै घोडपाली आदर्शटोलस्थित हरिशुसिल आधारभूत विद्यालयको सेप्टिक ट्याङ्कीमा शव फेला परेको हो।

    सडिसकेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षण थापाले जानकारी दिए। प्रहरीले सरस्वतीलाई पक्राउ गरेको छ। हत्यामा संलग्न सरस्वतीका पुरुष साथीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology