जापानबाट दुई नेपाली निस्कासित

  • साझा डबली
  • शुक्रबार, अशोज ३, २०७६
  • काठमाडौं, असोज ३। गैरकानुनी ढंगले जापान बस्दै आएका दुई नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशित गरेको छ।

    नेपाली नागरिक मिनग्युर शेर्पा र कल्पना थापामगरलाई जापानको अध्यागमनले नेपाल फिर्ता पठाएको हो। शेर्पा दोलखाका स्थायी बासिन्दा हुन्। थापामगर काठमाडौं बस्थिन्। दुवैजना जापानमा गैरकानुनी ढंगले बसिरहेका थिए।

    अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानी अध्यागमनले उनीहरूलाई निष्काशन गरेको हो। जापानी अध्यागमन सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई बुधबार काठमाडौं ल्याएका हुन्। शेर्पा र थापामगरलाई थाइ एयरको जहाजबाट काठमाडौं ल्याइएको हो।

    नेपालस्थित जापानी दूतावास र काठमाडौंसम्म ल्याउने जापानी सुरक्षा अधिकारीले शेर्पा र थापामगरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाएका थिए।

    नेपालस्थित जापानी दूतावासले विमानस्थलस्थित अध्यागमन कार्यालयलाई पठाएको पत्रमा उनीहरूलाई निष्काशन गर्नुपर्ने स्पष्ट कारण खुलाएको छैन। यद्यपी, उनीहरू जापानमा ‘ओभर स्टे’ रहेकाले त्यहाँको अध्यागमनले पक्राउ गरेको हुन सक्ने स्रोतको दाबी छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology