नेपाल प्रहरीका डिएसपी र इन्सपेक्टरको नतिजा आयो, को-को पास भए ? हेर्नुहोेस्

  • साझा डबली
  • काठमाडौं, भदौ २५ । नेपाल प्रहरीमा रिक्त प्राविधिक समूह अन्तर्गत विभिन्न उप(समूहतर्फका प्रहरी नायवउपरीक्षक र प्रहरी निरीक्षक पदहरुमा खुल्ला प्रतियोगिताद्धारा लिइएको परीक्षाको नतिजा सार्वजनिक भ एको छ ।

    समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ फागुन १३ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    साथै उत्तीर्ण भएका उम्मेदवारहरुको २०७६ भदौ ३० गतेदेखि नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षण परीक्षा संचालन हुनेछ ।

    यस सम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग,भर्ना छनौट महाशाखाले जनाएको छ ।

    विस्तृत विवरण यहाँ क्लिक गरेर हेर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology