बेलायत पढ्न जाने विद्यार्थीलाई दुई वर्ष वर्क परमिट

  • साझा डबली
  • बुधबार, भदौ २५, २०७६
  • काठमाडौं, भदौ २५ । बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पढाइसकिएपछि दुई वर्ष वर्क पर्मिट उपलब्ध गराउने भएको छ। यो नीतिले बेलायतमा अध्ययन गर्दै आएका हजारौँ नेपाली विद्यार्थीहरुलाई लाभ पुग्ने छ।

    प्रधानमन्त्री बोरिस जोन्सनको सरकारले युरोपेली संघबाट बाहिरिए पछिको अवस्थामा बेलायत अध्ययन गर्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीमा कमी नआओस् भनेर यस्तो निर्णय गरेको हो।

    जोनसन भन्दा अघिकी प्रधानमन्त्री थेरेसा मेले सो योजनालाई हटाएकी थिइन्। बेलायत सरकारले यस्ता विद्यार्थीहरुको बेलायतमा बसोबास कानुनी हुनुपर्ने र अध्ययन समयमै पुरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। यसमा भिषा पाउने विद्यार्थीले अध्ययनपछि काम गर्न र खोज्न पाउने, बेलायतमै व्यवसायीक जीवन शुरुवात गर्ने सक्ने व्यवस्था गरिएको छ।

    बेलायतकी गृहमन्त्री प्रिती पटेलले विज्ञान, गणित, इन्जिनियरिङ सहित मन लागेको विषय अध्ययन गर्न पाउने र त्यसमै आफ्नो भविष्य खोज्न सक्ने बताएकी छिन्। उनले भनिन्, ‘यसले हाम्रो विश्वव्यापी परिदृश्यलाई देखाउँछ। हामी विश्वभरका राम्रो र तेधावीहरुलाई आकर्षण गर्न चाहान्छौं,’ पटेलले भनिन्।

    नेपालबाट वर्षेनी हजारौँ विद्यार्थी अध्ययनका लागि बेलायत जाने गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology