प्रधानसेनापति झन कठोर हुने, कस कसको उड्यो होस ?

  • साझा डबली
  • मङ्लबार, भदौ २४, २०७६
  • काठमाडौं, भदौ २४। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा देखिएको विकृति निर्मूल पार्न झन कठोर उने बताएका छन । उनले औपचारीक कार्यक्रममै सकल दर्जालाई सचेत गराएका हुन । जङ्गी अड्डाबाट सकल दर्जालाई सम्बोधन गर्दै सेनापति थापाले आफ्नो एक वर्षे अनुभव समेत सुनाएका थिए ।

    नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुगेको अवसरमा उनले जर्जर महलको तीन वर्षे हाकिम भएर विदा हुनुभन्दा सुरुमै आवश्यक मर्मत सम्भार गर्नुपर्छ भनेर आफूले सुधार अभियान थालेको बताए । परम्परागत शैलीबाट संगठन चलाउन नहुने भन्दै उनले समस्याहरुको भूमरीमा परी टाउकोमा हात राखेर बस्नुपर्ने वबस्था अन्त्य गर्नुपर्ने बताएका छन ।

    शान्ति सेनाको कोटाबारे आफूले चालेको कदम चुनौतीपूर्ण भएपनि सेनामा घट्दो आकर्षणलाई रोक्न एक मात्र विकल्प भएकोमा उनले जोड दिएका छन ।  केही घाउका रुपमा अवशेष र क्यान्सर बाँकी रहृयो भने त्यसले नेपाली सेनालाई सदा दुःख दिइरहने उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology