गर्भवती महिलाले तीजको ब्रत बस्दा ध्यान दिनुहोस् यी कुरा

  • साझा डबली
  • काठमाडौं, भदौ १५। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन केही दिन मात्र बाँकी रहेको छ। तीजको दिन विवाहीत महिलाले आफ्नो श्रीमानको आयुको कामना गर्दै ब्रत बस्ने गर्छन्। अविवाहित नारीहरुले असल स्वामी मिल्ने विश्वासले भगवान शिवको र माता पावर्तिको विशेष पुजा गर्ने गर्छन्।

    तीजको दिन ब्रत बसी भगवान शिवको पुजा आरधना गरे जीवनभरी परिवारमा सुख शान्ति हुने विश्वास रहेको छ। तीजको दिन हरेक नारीहरुले निरहार ब्रतबसी पानी समेत नखई ब्रत बस्ने परम्परा रहेको छ। उक्त दिन गर्भवती महिलाको लागि निकै कठीन हुने गर्छ। त्यसकार आज हामी तपाईहरुलाई तीजको दिन ब्रत बस्दा गर्भवती महिलाले ध्यान दिनुपर्ने कुराहरुको बारेमा बताउँन गइरहेको छौँ।

    १.गर्भवती भएका महिलाहरुले ब्रत बस्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । सकेसम्म गर्भवती भएका महिलाहरुले ब्रत नबस्दा नै उचित हुनेछ। यदि ब्रत बसेको खण्डमा फलफुल दूध आदि खानेकुराहरु केही समयको अन्तरालमा खाने गर्नुपर्छ।

    २. ब्रत बसेको समयमा खप्न नसके अधिक भोक लागे मात्र मिठाइ खानुहोस् यदि भोकलागेको बेलामा अधिक मात्रामा मिठाइ खानु भएमा तपाईको स्वास्थ्यमा समस्या आउन सक्छ । यदि मिठाइहरुको सट्टामा फलफुल खानु नै राम्रो हुनेछ।

    ३. गर्भवती महिलाले व्रतको दिन नरिवलको पानी पिउनसक्नेछन् । पानी पनि नखाने चाहि हैन केही कुराहरु खाने पिउने गर्न सकिन्छ।

    ४. तीजको ब्रतको दिन महिलाहरुले एकै ठाउँ बस्ने गर्नु हुन्न केही समयको अन्तरालमा उठ्ने हिड्ने गर्नु पर्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology