विप्लव समुहको भोलि (सोमवार) बन्द !

  • साझा डबली
  • काठमाडौं, भदौ ८ । नेत्रविक्रम चन्द विप्लव नेर्तत्वको नेपाल कम्युनिष्ट पार्टीले बिज्ञप्ती जारी गर्दै भदौ ९ गते सोमबार चितवन बन्दको आह्वान गरेको छ । नेकपा चितवन सेक्रेटरी धुर्व र ईन्चार्ज शार्दुलद्वारा जारी बिज्ञप्तीमा भदौ ६ र ७ गते प्रचार प्रसार, ८ गते मसाल जुलुस र ९ गते चितवन बन्द कार्यक्रम रहेको उल्लेख छ ।

    राप्ति ११ को आहोलेवाङ्गं भन्ने गाउमा नेपाल कम्युनिट पाटिले बनाएको प्रतिक्षालय प्रहरीले भत्काएको कारणले त्यसको विरोधमा नेकपाले सोमवार चितवन वन्दको आवहान गरेको विज्ञप्तिमा जनाईएको छ ।

    विज्ञप्तिमा भनिएको छ “जनताालई आतंकित वनाउँदै निर्माण भईरहेको प्रतिक्षालय भत्काउने र आगजनि गर्ने कार्यले आँफु पनि विकास नगर्ने र अरुलाई पनि विकास गर्न नदिने दम्भपन हो ।”यसले विकासमा वाधा पुर्याउने पार्टीको ठहर रहेको छ विज्ञप्तिमा भनिएको छ ।

    यसैबीच, पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ११ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । बिहीवार राती गराइएको आगजनीबाट वडा कार्यालय पुर्ण रूपमा नष्ट भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांइले जानकारी दिए ।

    अज्ञात समूहले ढोका फोरेर आगजनी गरेको घटनाको प्रकृतिले देखाएको हुमागांइले बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology