पाथीभरा माताको दर्शन संगै हेर्नुस आजको राशीफल

  • साझा डबली
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्योदय हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले सताउन सक्छ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउनेछ ।

    मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्राका विशेष अवसर मिल्नेछन् । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । धनार्जनपनि हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटावका रहनेछ ।

    ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology