मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खस्यो, दुईको मृत्यु

  • साझा डबली
  • काठमाडौं,असार २०।  चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

    दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन ।

    अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology