पत्रकार र उद्योग वाणिज्य संघका पदाधिकारीको जुहारी : को–कस्को पक्षमा ?

  • अब के होला त यो समस्या ?
  • जि.पि.पौडेल/ दीपेश बराल
  • जि.पि.पौडेल/ दीपेश बराल । पाँचथर, असार १९ । हिजो आज पाँचथरको फेसबुक स्टाटस र समाचारले देशभर एक किसीमको तरंग नै फैलाएको छ । गत असार १२ गतेको फिदिम टुडे दैनिक , नागरीक दैनिक लगायतका केहि पत्रपत्रिका र अनलाईनमा प्रकाशित ‘स्वार्थ समूहको चंगुलमा स्थानीय सरकार शीर्षक समाचारलाई लिएर पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र संघकै पूर्व अध्यक्ष शुबराज थापाले सामाजिक सञ्जाल मार्फत गरेको टिप्पणीको बिषय अहिले बहसको बिषय बनिरहेको छ । यस बिचमा धेरै संघ संगठन तथा बिज्ञहरुसंग पनि छलफल भईरहेको छ । यत्तिका दिन भईसक्यो कोहि व्यक्तिहरु सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुको पक्षमा छन त कोही समाचार लेखेका पत्रकारकोे पक्षमा उभिएका छन ।

    दिपक नेपाल र शुबराज थापाको सामाजिक सञ्जाल लेखेको स्टाटसको बिषयमा उद्योग बाणिज्य संघमा असार १६ बैठक समेत बसिसकेको छ । यस बिषयमा थप जानकारी र पाठकहरुलाई स्पष्ट पार्ने प्रयासमा साझाडबली टिमले सम्बन्धित केहि व्यक्तिहरु संग कुराकानी गरेको छ ।

    दिपक नेपाल, अध्यक्ष – पाँचथर उद्योग वाणिज्य संघ ।

    समाचारमा आएको टिप्पणी सामाजिक संजालमा लेख्नु भनेको बिरोधी नभएको र नगर सभाको कार्यक्रममा आफुलाई प्रमुख बनाएकोले त्यसको रिसिबीमा जनप्रतिनिधी भन्दा सल्लाहकारको हैसियत माथि भएको भनेर पत्रकारले कमेन्ट गरेपछि यस्तो स्थिती आएको उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले बताए ।  पत्रकारहरुले जनताहरुलाई सुचिचित गराएको भनेर मनगढन्ते रुपमा जनताहरुको आखामा छारो हालेको र पत्रकारहरुले कमाउने रोजीरोटीको लागी पत्रकारिता पेशा बनाएको समेत अक्ष्यक्ष नेपालले आरोप लगाए ।

    तपाईले फेसबुकमा पत्रकारलाई तोकेर नलेखेर सम्बन्धित निकायमा उजुरी गर्न सक्नुहुन्थयो नि भन्ने हाम्रो प्रश्नमा उनले ‘पत्रकारले जे पनि गर्न पाउने छुट छैन नी ? पत्रकार बास्कोटाले २ बर्ष देखि लगातार मेरो बारेमा नकारात्मक टिप्पणी गरीरहेको छ त्यो पत्रकार हो भन्दैमा जे पनि लेख्न पाईन्छ ? मेरो फेसबुक हो मैले स्टाटस लेख्न पाउछु ।’ उनले ‘समाचारको बिषयमा खण्डन गर्न आफुँ प्रेस काउन्सिल किन जाने ? आफुलाई सजिलो हुने सामाजिक सञ्जाल भएकोले यसमै लेख्ने हो । सामाजिक सञ्जालका आफुँलाई चित्त नबुझेको कुरा लेख्नै नहुने हो र ? मेरो सजिलो माध्यम भनेको सामाजिक सञ्जाल हो मैले लेख्दा गलत हुन्छ भने यो राष्ट्रिय बहसको बिषय बनाउने हो, मैले सभ्य भाषामा लेखेको छु र मैले बिज्ञ समुहसंग बहस गरिरहेको पनि छु ।’ उनले भने, पत्रकार महासंघले निकालेको बिज्ञप्तीमा असन्तुष्ट जनाउदै आँफूले माफि नमाग्ने र कानुनी उपचारको बाटो अपनाउन समेत समग्र पत्रकार महासंघलाई चुनौती समेत दिएका छन ।

    अध्यक्ष नेपालले समग्र पत्रकार महासंघको निर्णय माथिनै आरोप लगाउँदै पत्रकारको एकल निर्णय र अध्यक्षको हस्ताक्षर गरेर समग्र पत्रकारको साझा धारणा बन्ने गरेको भन्दै आफ्नो स्टाटसलाई समग्र उद्योग वाणिज्य संघ संग जोडेर बिबादमा नपार्न आग्रह समेत गरेका थिए ।

    प्रायगराज सुबेदी, उपाध्यक्ष– पाँचथर उद्योग वाणिज्य संघ ।

    समाचार लेख्ने अधिकार पत्रकारको हो र समाचारको बारेमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिने निकाय हुँदा हुँदै अध्यक्ष ज्यु र पुर्व अध्यक्ष ज्युबाट आएका फेसबुकमा आएका स्टाटस र कमेन्ट गलत हुन । बाणिज्य संघको अध्यक्ष हुँ भनेर स्टाटस हाल्नु गलत नै भएको हो , यसको सम्पुर्ण जिम्मेवारी अध्यक्ष नेपाल र पुर्व अध्यक्ष थापाले लिनुपर्छ ।

    पाँचथर उद्योग वाणिज्य संघ उपाध्यक्ष प्रायगराज सुबेदीका अनुसार पत्रकारले लेखेको समाचार गलत नभएको बताए । सामाजिक सञ्जालमा कसैलाई पनि होच्याउने तथा आक्षेप लगाउनु , गाली गर्नु जस्ता क्रियाकलाप गलत भएको र  त्यस्तो गतिबिधी गर्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाही गर्न समेत माग गरेका छन  ।

     

    मित्र प्रसाद काफ्ले, निवर्तमान अध्यक्ष– पाँचथर उद्योग वाणिज्य संघ ।

    एउटा पत्रिकामा निस्केको समाचारको बिषयमा लिएर अध्यक्ष दिपक नेपाल ज्युले स्टाटस नलेखेको भए हुन्थ्यो, त्यो समाचारमा उहाँको नाम तोकिएको पनि छैन । समझदारी गरेर गएको भए हुन्थ्यो, एक आपसमा बजारमा ब्यक्तिबादी हाबीले गर्दा सम्बन्ध धमिलो भएको हो । अध्यक्ष ज्युले पनि अडान आफ्नो कुरामा अडान लिनुभएको पनि हो । पत्रकार गिरीराज इमान्दार पत्रकारिता गर्ने मान्छे हो । शुबराज जी, ले त्यस्तो कमेन्ट लेख्नु गलत नै हो ।

    १६ गतेको बाणिज्य संघको बैठकमा आफु गएको बताउँदै निवर्तमान अध्यक्ष मित्र प्रसाद काफ्लेले आ–आफै द्धन्द्ध गरेर नराम्रो गरेको र कसरी सफल अवतरण गराउने बिषयमा आफुहरु लागी परेको बताए ।

     

    नवराज घिमिरे, महासचिव – पाँचथर उद्योग वाणिज्य संघ ।

    अध्यक्ष नेपालले आफ्नो फेसबुकमा लेखेको व्यक्तिगत मामिला भएकोले यसको जिम्मा स्वयम नेपालले नै लिनुपर्ने पाँचथर उद्योग वाणिज्य संघका महासचिव नवराज घिमिरेले बताए । सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष नेपाल र पुर्व अध्यक्ष थापा ज्युहरुले लेख्नु गलत भएको बताउँदै अहिले पाँचथर उद्योग वाणिज्य संघ संग जोडिपछि सस्थालाई नै गाह्रो भएको जानकारी दिए ।

    मिडिया संग बाणिज्य संघ सुमधुर सम्बन्ध बनाउन लागी परेको र फेरी संस्थागत बैठक बसेर सहजीकरण गर्न लागेको बताए ।

     

    गिरिराज बास्कोटा, पत्रकार पाँचथर ।

    ‘स्थानिय सरकार स्वार्थ समुहको घेराबन्दीमा’ भन्ने समाचार प्रति उहाँहरु असन्तुष्ट भईरहनुभएको हो । जनप्रतिनिधी भन्दा सल्लाहकारको हैसियत ठुलो भनेर सामाजिक सञ्जालमा मैले लेखेकै हो, तर यो मैले उहाँलाई इंकित गर्न खोजेको पनि हैन । रिस उठयो भन्दैमा मान्छे नै तोकेर जथाभावी गाली गलौज , जंगली जनावर जस्ता शब्द प्रयोग गर्नु कत्तिको जायज हो ? उहाँ दुइवटा स्नातक गरेको र निर्बाचित अध्यक्ष भईसकेपछि अध्यक्ष नेपालले लेखेको कुरा बाणिज्य संघको सस्थागत नै कुरा हो भन्ने हाम्रो बुझाई हो ।

    पत्रकार बास्कोटाका अनुसार अध्यक्ष नेपाल र पुर्व अध्यक्ष थापाले आवेशमा लेखेको र माफि माग्न चाहिँ आफुहरु तयार नभएको बताए ।

     

    के थियो पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालको फेसबुक स्टाटस र पुर्व अध्यक्ष शुबराज थापाको कमेन्ट ?

    अब के होला त यो समस्या ?

    सामाजिक सञ्जालमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र पुर्व अध्यक्ष शुबराज थापाले ब्यक्तिगत रुपमा पत्रकारलाई नै तोकेर लेखेपछि अहिले यो बिषय लगभग देशभर नै एक किसिमको तरग फैलिएको छ । नेपाल पत्रकार महासंघ लगायत क्रियाशिल पत्रकारका पेशागत संगठनहरुले समाचार प्रति चित्त नबुझे या कुनै गुनासो रहे अपनाउनु पर्ने कानुनी मार्गलाई छाडेर सामाजिक सञ्जाल मार्फत टीका–टिप्पणी गर्नु प्रेस स्वतन्त्रता विरोधी कार्य हो ।

    यस्ता घटनाको कडा भत्र्सना गर्दै सार्वजनिक रुपमा माफी मागी प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गरिरहेको छ भने समाचारको बिषयमा सामाजिक सञ्जालमा आफुले लेख्दा गलत नभएको र सजिलो माध्यम भनेको सामाजिक सञ्जाल हो मैले लेख्दा गलत हुन्छ भने यो राष्ट्रिय बहसको बिषय बनाउने उदेश्यका साथ लागिपरेको अध्यक्ष दिपक नेपालले बताइरहेका छन । सामाजिक सञ्जालमा चित्त नबुझेको कुरा लेख्दा साईबर क्राईमको मुद्धा नलाग्ने भन्दै बिज्ञ समुहसंग बहस भईरहको पनि जानकारीमा आएको छ ।

    यता सामाजिक सञ्जालमा पत्रकारलाई जङगली तथा गाउँ निकाला गर्ने भन्दै अध्यक्ष दिपक नेपालको स्टाटसमा कमेन्ट गर्ने पुर्व अध्यक्ष शुबराज थापालाई साझा डबली टिमले बुधबार दिनभर सम्पर्कमा ल्याउन प्रयास गरेको थियो तर उहाँ संग सम्पर्क गराउने हाम्रो प्रयास असफल भएको थियो । त्यस्तै समस्याको समाधान अब के त ? भन्ने प्रसंगमा फिदिम नगरपालिका मेयर आनोहांङ्ग नेम्वाङ्ग लाई पनि सोधेका थियौँ, उनले यो बारेमा बाहिर बजारमा अलि अलि हल्ला सुनेको तर आधिकारिक जानकारी कतैबाट पनि नपाएको बताएका थिए । थप अरु केहि बोल्न चाहेनन् ।

    यस घटनाको बारेमा प्रत्यक्ष नियालिरहेका सर्वसाधारण आवाजलाई लिने हो भने अव पाँचथर उद्योग बाणिज्य संघ अध्यक्ष दिपक नेपाल र उनको स्टाटसमा कमेन्ट गर्ने पुर्व अध्यक्ष शुबराज थापाले आममाफि माग्ने या सामाजिक सञ्जालमै गल्ती भयो भने मात्र पनि यो मुद्धाले देशब्यापी रुप लिने थिएन ।

    स्टाटस प्रति बाणिज्य संघका पदाधिकारी नै असन्तुष्ट देखिएकोले दुबै पक्षले आ–आफ्नै अडान लिनुभन्दा पनि गल्ती स्विकार गर्नु अध्यक्ष ज्युको एउटा कर्तव्य पनि हो किनभने आगामी दिनहरुमा पनि पाँचथरबासी जनता,तिनै मिडिया र पत्रकारहरुको भरपुर साथ एक अर्कालाई चाहिने हुन्छ ,त्यसैले सर्प पनि नमरोस लौरी पनि नभाँचियोस ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology