वडाध्यक्षमाथि आक्रमण गर्ने पक्राउ

  • साझा डबली
  • बाँके, असार १४। बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई साङ्घातिक आक्रमण गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए । बिहीबार राति जेसीबी लगाएर राप्ती नदीमा अवैध रुपमा बालुवा उत्खनन गरिरहेको सूचना पाएपछि उक्त कार्य रोक्न पुगेका वडाध्यक्ष खानमाथि कम्दीका स्थानीयवासीले आक्रमण गर्दा खान गम्भीर घाइते भएका थिए ।

    उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology