मेयरको घरमा एकाबिहानै प्रेसर कुकर बम

  • साझा डबली
  • नुवाकोट, असार १०। नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो ।

    नेकपा विप्लव समूहले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा समूहका कार्यकर्ताले घरमा प्रेसर कुकर बम राखेको अुनमान गरिएको छ ।

    बमका कारण मेयरको घर आसपासका समूदाय रातभर आतंकित भएका थिए ।

    अहिले बिहान नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ । आजको बन्द सफल पार्न विप्लवका कार्यकर्ताले बम राखिएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology