क्लिन फिडको विरोधमा २४ घण्टा विदेशी च्यानल बन्द

  • साझा डबली
  • काठमाडौँ, असार ५। सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् ।

    केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् । केवल टीभी व्यवसायीहरुले जारी गरेको विज्ञप्तिमा आगामी सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म विदेशी च्यानलहरु बन्द गर्ने घोषणा गरिएको छ ।

    इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदी, इन्टरनेट सेवा प्रदायक एसेसियसनका अध्यक्ष भोजराज भट्ट, नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली र डिस मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology