आज घट्यो सुनको भाउ, कति त ?

  • साझा डबली
  • काठमाडौं, असार ३  । साताको तेस्रो दिन मंगलबार मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार सुन प्रति तोलमा १ सय घटेको हो ।

    सोमबार सुन प्रति तोला ६३ हजार १ सयमा कारोबार भैरहेको थियो । तर आज (मंगलबार) सुन प्रति तोला ६३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज (मंगलबार) तेजावी सुन तोलाको ६२ हजार ७ सय रुपैँयामा कारोबार भैरहेको छ । त्यसैगरी मंगलबार चाँदीको भाउ स्थिर रहेको छ ।

    चाँदी शुक्रबार, आइतबार, सोमबार प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको थियो । आज (मंगलबार) पनि चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology