पामेमा असारे रोपाई महोत्सव हुने

  • साझा डबली
  • पोखरा, असार २ । फेवा क्लबको संयुक्त आयोजना पोखरा २४ पामेमा असारे रोपाई महोत्सव हुने भएको छ । अघिल्लो वर्ष पोखरा पर्यटन परिषद् सगँ मिलेर रोपाई महोत्सव गरेको क्लबले यस वर्ष पनि आयोजनामा रोपाई महोत्सव गर्न लागेको हो ।

    रोपाई सबैका लागि भन्ने नाराका साथ असार १५ गते रोपाई महोत्सवको आयोजना गरेको फेवा क्लबका अध्यक्ष दिपक पुरीले जानकारी दिए । पोखरा २४ पामे स्थित देबी पुरी, गंगा गिरी र नबराज पराजुलीको करिब ६ रोपनी जग्गामा रोपाई महोत्सव गर्न लागेको पुरीले जानकारी दिए ।
    उनले महोत्सवमा स्वदेशी र विदेशीले सहभागीता जनाउने बताए । उनले कृष्ति पर्यटन र कृषिमा बढावा दिने उद्देश्यले महोत्सव आयोजना गरेको उनले बताए । कार्यक्रममा हल गोरु दौड, असारे गीत प्रतियोगिता, माछा समात्ने प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्सा कसी प्रतियोगिता, हिलोमा भलिबल प्रतियोगिता उनले उनले जानकारी दिए ।

    पामे स्थानीय माछा खानाका लागि प्रख्यात ठाउँ हो । पोखराको हल्लनचोक देखि पामेसम्म ७ किलोमिटर दुरीमा पर्दछ । सोही सडकमा रट्रेल रेस रनिङ्ग क्लब र फेवा क्लबको संयुक्त आयोजना सडक दौड प्रतियोगिता समेत हुने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology