प्राय: हरेक श्रीमतीले लुकाउछन् श्रीमानसँग यी ५ कुरा,जानीराखौं !

  • साझा डबली
  • पति पत्नीको सम्बन्ध अटुट विश्वास र प्रेममा टिकेको हुन्छ । दुबै एक अर्कालाई हरेक कुरा शेयर गर्ने गर्दछन् । तर हरेक मानिसको कुनै न कुनै कुरा गोप्य हुने गर्दछन्, जुन कुरा नजिकको साथीसँग पनि गोप्य राखिन्छन् । यस्ता कयौँ कुरा हुन्छन्, जुन पत्नीले पतिसँग शेयर गर्दैनन् । महिलाले पतिसँग गोप्य कुरा शेयर नगर्नु यो हैन की उनले आफ्नो पतिलाई धोका दिदैछिन् । कयौँ पटक उनीहरुले आफ्नो सम्बनधलाई बचाई राख्नका लागि कयौँ कुरा शेयर गर्दैनन्। आफ्नो घरमा शान्ति बनाइ राख्नका लागि उनीहरुले यस्ता कुरा गोप्य राख्ने गर्दछन् । हामी हामी महिलाले प्राय गोप्य राख्ने कुराका बारेमा जानकारी दिदैछौँ।

    घर र बच्चाका बारेमा
    कयौँ पटक महिला आफ्नो घरको सम्बन्ध, बच्चासँग जोडिएका केही कुरालाई लिएर तनावमा हुने गर्दछ तर उनीहरु आफ्नो पतिसँग कुरा शेयर गर्दैनन् । उनीहरुले आफ्नो पतिले यो कुरा बुझन सक्दैनन् भन्ने सोचले उनीहरु यो कुरा शेयर गर्दैनन् ।

    स्वास्थ्य समस्या
    प्राय स्त्री आफ्नो स्वास्थ्य समस्या पतिसँग लुकाउने गर्दछन् । यस्तो कुनै नीजि अंगसँग जोडिएका समस्या आफ्नो पतिसँग शेयर गर्न हिचकिचाउने गर्दछन् ।

    बचन
    कयौँ पटक महिलाहरु आफ्नो पतिसँग बचतका बारेमा लुकाउने गर्दछन् । कसैले आफ्नो छुट्टै बचत गराउनका लागि यसो गर्ने गर्दछन भने कोही महिलाले आवश्यक परेमा वा पतिसँग अलग हुनु परेमा चाहिन्छ भनेर गोप्य अकाउन्ट बनाएर बचत गर्ने गर्दछन् ।

    मन परेको नपरेको
    प्राय स्त्रीले आफ्नो पार्टनरसँग आफ्नो मन परेको वा नपरेको कुराका बारेमा खुलेर कुरा गर्दैनन् । उनीहरुले पति भन्दा पनि कुनै साथी वा थेरेपिस्टसँग सल्लाह लिन मन पराउँछन् ।

    जासुसी
    महिलाले आफ्नो पतिलाई आफूले उनको जासुसी गरिरहेको कुरा थाहा हुन दिदैनन् । जसका लागि उनीहरुले कयौँ पटक आफ्नो पार्टनरको मोसल मिडिया ह्याक गर्ने तथा फोन चेक गर्ने गर्दछन् ।

    – एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology