काठमाडौँको सुकेधारामा बम विस्फोट : थप एकको मृत्यु

  • साझा डबली
  • काठमाडौँ,जेठ ३२। काठमाडौँको सुकेधारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बनाएको बम विस्फोटमा परी घाइते भएका थप एक जनाको शनिबार मृत्यु भएको छ ।

    विप्लव समूहद्वारा आयोजित नेपाल बन्दको अघिल्लो दिन १२ जेठमा सुकेधारास्थित एक सैलुनमा भएको विस्फोटमा घाइते भएका राजकुमार श्रेष्ठको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    रामेछाप मन्थलीका स्थायी बासिन्दा श्रेष्ठ विप्लव कार्यकर्ता हुन् । योसँगै उक्त विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

    यसअघि सोही घटनामा विप्लव सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्ज्वल शाहीसहित चार जनाको सोही दिन मृत्यु भएको थियो ।

    घटनामा गम्भीर घाइते भएका हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology