गोलिया सहितको ट्रक पक्राउ

  • साझा डबली
  • बुधबार, जेष्ठ २९, २०७६
  • इलाम, जेष्ठ २९। मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिकाबाट गोलिया सहितको ट्रक पक्राउ परेको छ ।

    मंगलबार प्रहरी चौकी किटेनीले सवारी चेकजाँच गर्ने क्रममा इलामबाट झापा तर्फ जाँदै गरेको मे १ ख १८६५ नम्बरको ट्रक पक्राउ गरिएको हो।

    गोलिया (काठ) सम्बन्धि कागजातहरू नभएकाले गोलिया (काठ), ट्रक र चालक पाँचथरको फिदिम नगरपालिका ८ बस्ने अमृत श्रेष्ठलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि रोङ सव डिभिजन वन कार्यालय इलाममा बुझाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology