
साझाडबली,जेठ १३। कर्मचारीबाटै ३५ हजार घुस लिदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले झापामा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
तालिम कार्यक्रम सञ्चालन गरेबापत भुक्तानी प्राप्त गर्नु पर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा ईटहरीबाट खटिएको आयोगको टोलीले व्यवसायिक तथा शीप विकाश तालिम केन्द्र, भद्रपुर झापाका नायव सुब्बा राजकुमार धिमाललाई घुस बापतको उक्त रकम लिदै गर्दा पक्राउ गरेको हो।
उक्त कार्यमा संलग्न सोही कार्यालयका शाखा अधिकृत सुमिन्द्र मण्डललाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको बताईएको छ।