ठाउँठाउँमा बम, पूर्वपश्चिम राजमार्ग अवरूद्ध

  • साझा डबली
  • काठमाडौं, जेष्ठ १३। मोरङको मिक्लाजुङ गाउँपालिकास्थित उर्लाबारी–मधुमल्ला सडकखण्डमा सोमबार शंकास्पद वस्तु भेटिएको छ।

    कालो टेपले बेरिएको सानो वस्तुमा तार जोडिएको छ। बम भएको हुन सक्ने आशंकामा हाल उक्त स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    नेत्रविक्रम चन्द विप्लव समूहको बन्दका दिन उक्त शंकास्पद वस्तु भेटिएकाले सर्वसाधारणमा त्रास फैलाउन राखेको हुन सक्ने प्रहरीको अनुमान छ। बम डिस्पोजल टोलीलाई खबर गरिसकेको र डिस्पोजल टोली आएपछि थप कार्य अगाडि बढ्ने ईलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेकबहादुर श्रेष्ठले बताए।

    यसैबीच झापाको दमकस्थित रतुवा पुलमा पनि शंकास्पद वस्तु भेटिएको छ। पूर्वपश्चिम राजमार्गको रतुवापुलमा केहीबेर अघि प्लाष्टिकले बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए।

    पुलबाट करिब ५० मिटर पश्चिममा उक्त शंकास्पद वस्तु भेटिएको हो। अहिले सो वस्तु डिस्पोज गर्नका लागि नेपाली सेनासँग समन्वय गर्ने कार्य भइरहेको एक्तेनले जानकारी दिए।

    सो क्षेत्रलाई प्रहरीले अहिले घेरा हालेर राखेको छ। शंकास्पद वस्तुका कारण पूर्वपश्चिम राजमार्ग अवरूद्ध बनेको छ।

    गौराहदस्थित ट्राफिक भवन नजिकै पनि शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    घटनास्थलतर्फ नेपाली सेनाको टोली गएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology