
काठमाडौं, जेठ १३ | राजधानीका तीन स्थानमा भएका बम विस्फोटमा चार जनाको ज्यान जानुका साथै ८ जना घाइते भएपछि सरकारले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ।
तीनै सुरक्षा प्रमुखहरुसहित गृहमन्त्रीको बैठकमा आइतबार साँझ गृहमन्त्री रामबहादुर थापा बादलले हाइ अलर्टमा बस्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
भोजपुरमा आफ्ना कार्यकर्ता सुरक्षा निकायद्वारा मारिएपछि आक्रोशित बनेको विप्लव समूहले आज सोमबारका लागि आयोजना गरेको बन्दलगायतका कार्यक्रमको अघिल्लो दिन आइतबार विस्फोट गराएको हो ।
बन्दका लागि सुरक्षाकर्मीले जनशक्ति थप गर्नुका साथै हाइ अलर्टमा रहेको उपत्यकाका सुरक्षा निकाय प्रमुखले जानकारी दिएका छन्न असफल पार्न सुरक्षा निकाय हाइ अलर्टमा रहेको पनि सुरक्षा निकाय प्रमुखले जानकारी दिए।