जितपछि मोदीले के भने ?

  • साझा डबली
  • एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको प्रति भारतीय जनतालाई धन्यवाद भनेका छन्।

    बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । “हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भइ धन्यवाद भन्न चाहन्छु,” भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने।

    “आउने दिनहरूमा म खराब मनसाय वा खराब नियतले कुनै काम गर्ने छैन। काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ। तर खराब नियतले केही गर्ने छैन। तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्ने छैन।”

    मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले करिब ३०० सीट जित्ने प्रक्षेपण गरिएको छ। उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्न सक्छ। सो दलले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गर्ने जित्ने देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology