१० वटै शव परीक्षणका लागि धरान ल्याइयो

  • साझा डबली
  • धरान, जेठ ८ । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव पोष्टमार्टमका लागि धरान ल्याइएको छ ।

    काठमाडौंमा गएको सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव आज पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो ।

    इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आजै दिउँसोदेखि सबै शवको पोस्टमार्टम गरिने जानकारी दिए ।

    पाँचथरको आरुबोटेमा हत्या गरिएको अवस्थामा भेटिएका दुई परिवारका ९ र मिक्लाजुङ–८ लुमाङदिनमा झुन्डिएको अवस्थामा फेला परेको एउटा शवसमेत मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा जम्मा पारेर धरान ल्याइएको हो ।

    मिक्लाजुङ गाउँपालिका–३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या भएको थियो । घटनास्थल भन्दा दुई घण्टा परको पैदल दूरीमा मानबहादुर माखिमको शव पनि झुन्डिएको अवस्थामा फेला परेको थियो ।

    मानबहादुरले नै दुवै परिवारका सदस्यको हत्या गरेर आफू झुन्डिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology