पाँचथरमा भएको विभत्स ९ जनाको हत्याबारे यसो भन्छन् प्रजिअ र गाउँपालिका अध्यक्ष

  • साझा डबली
  • साझा डबली , जेष्ठ ७। पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सोमबार राति भएको विभत्स घटनामा ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यालय छेउँमा भएको उक्त घटना मा भएको उक्त घटनामा धनराज शेर्माको ५ जनाको परिवार र मनकुमार फियाकको ४ जनाको परिवारको हत्या भएको हो ।

    प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले घटनास्थलमा पुग्न चार घण्टा लाग्ने बताउँदै भने, ‘दुई वटा प्रहरीको टोली खटिइसकेको छ । पाँचथर सदरमुकामबाट डीएसपीको कमाण्डमा र झापाबाट एसपीको कमाण्डमा टोली गएको छ ।’

    उनले तथ्य पत्ता लगाउन अझै केही घण्टा लाग्ने बताएका छन् ।

    मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार नाताले ज्वाईँ ससुरा पर्ने दुवै घरमा सबैको हत्या गर्ने षड्यन्त्र रहे पनि एक बालिका भने जिवितै फेला परेकी छिन् । उनको सदरमुकाम फिदिममा उपचार हुँदैछ ।

    माखिमले १० जनाकै हत्या गर्ने षड्यन्त्र रहेको बताउँदै भने, ‘मारिएका सबैको काटिएको अवस्थामा शव फेला पर्यो ।’

    उक्त स्थानमा केही दिनअघि घरेलुको तालिम समेत भएको थियो । जहाँ नूनमा कुनै विषालु पदार्थ मिसाइएकाले त्यहाँको खाना खाँदा ८ जना विरामी समेत भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology