करोडपतिको ज्वाइँ बन्न कस्तो अनौठो शर्त ?

  • साझा डबली
  • एजेन्सी। थाइल्याण्डका करोडपति व्यापारी अनोन्त रोथांगले आफ्नी छोरीको विवाहको लागि अनौठो शर्तहरु अगाडि सारेका छन् ।

    छोरीको विवाहको लागि उनले दिएको अनलाइन विज्ञापनका अनुसार, उनको छोरीलाई विवाह गर्ने केटाले ३,१३,५०० डलर नगद तथा उनको व्यवसायमा मालिक बन्ने मौका पाउनेछन् ।

    तर यसका लागि केही शर्तहरु चाहिँ पालना गर्नुपर्ने हुन्छ । सवैभन्दा पहिले त उनको छोरीसँग विवाह गर्न चाहने मेहनती हुनुपर्छ, चुरोट खैनी नखाने हुनुपर्छ, उसको उमेर २६ देखि ४० वर्षको बीचमा हुनुपर्छ ।

    रमाइलो कुरा त के छ भने उनको ज्वाइँ बन्न चाहनेले उनले कारोवार गर्ने ड्यूरियन फलहरुको व्यापारको बारेमा सबै कुरा सिक्न र बुझ्नका लागि तत्पर पनि हुनुपर्छ ।

    चार बच्चाहरुको पिता रोथांगको प्राथमिकता चाहिँ माथिका शर्तहरु पालना गर्ने चिनियाँहरु रहेका छन् ।

    छोरीको विवाहमा पनि व्यापारिक बुद्धिको प्रदर्शन गर्ने उनको आँखा चाहिँ विशाल चिनियाँ बजारमा पनि रहेको देखिन्छ । पछिल्लो केही वर्षहरुमा चिनियाँ बजार थाइल्याण्डको लागि एउटा गतिलो एक्सपोर्ट बजार बन्दै गइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology