सोलुखुम्बु जाँदै गरेको टिपर दुर्घटना, दुईको मृत्यु

  • साझा डबली
  • उदयपुर, जेठ ५। उदयपुरबाट सोलुखुम्बु जिल्लातर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा सहचालकसहित दुईजनाको घटनास्थलमै ज्यान गएको छ ।

    भने अन्य एकजना घाइते भएका छन् । सिद्धिचरण राजमार्गअन्तर्गत कटारी९घुर्मी सडकखण्डको कटारी नगरपालिका ९१४ लामीडाँडामा आइतबार ना।४।ख। ७००० नम्बरको टिपर दुर्घटना भएको हो।

    दुर्घटनामा सहचालक सिन्धुली दुधौली नगरपालिका ९११ का २० वर्षीय लिलाबहादुर सार्की र कटारी नगरपालिका ५ भोर्लेका ३० वर्षीय डिकबहादुर बुढाथोकीको ज्यान गएको हो।

    सिरहाको मिर्चैयाबाट सोलु हाइड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको टिपर पछाडी सार्ने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए ।

    टिपर सडकबाट करिब १ हजार ५ सय मिटर तल दादुरा खोलामा खसेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए। प्रहरीले टिपर चालक सिन्धुली नपा ११ का ४० वर्षीय हर्कबहादुर सार्कीलाई नियन्त्रणमा लिई अनुसन्धानलाई अघि बढाएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology