जेठ ६ गते विप्लवको बन्द घोषणा (विज्ञप्ति सहित)

  • साझा डबली
  • धादिङ, जेठ ३। नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले धादिङ बन्दको घोषणा गरेको छ । उक्त पार्टीले आगामी जेठ ६ गते धादिङ बन्दको घोषणा गरेको हो ।

    नेपाल कम्युनिष्ट पार्टी धादिङका जिल्ला सेक्रेटरी बुद्धले आज शुक्रवार एक विज्ञप्ती जारी गर्दै बन्दको घोषणा गरेका हुन् ।

    सेक्रेटरी बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।

    विज्ञप्तीमा बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङ बन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत गरिएको छ ।

    हेर्नुस विज्ञप्ती :

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology