स्थानीयकाे अवरोध पछि धरहरा निर्माणको काम अवरुद्ध

  • साझा डबली
  • काठमाडौं, जेठ ३ । स्थानीयले अवरोध गरेपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ ।

    धरहरा वरपरका स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग अझै पूरा नभएको भन्दै शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध भएको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।

    हालसम्म घरहरा निर्माणको करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    स्थानीयले विगत ६ महिनादेखि आवातजावतमा सहज बनाउन पैदलमार्ग खुलाउनुपर्ने माग धराहरा निर्माण समितिसँग गर्दै आएको थियो ।

    उनीहरुले धरहरा निर्माण गर्दा ऐतिहासिक सम्पदा सुन्धाराको संरक्षण गर्न पनि दवाव दिँदै आएका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology