
एजेन्सी । बार्सिलोनाले समर ट्रान्सफरका लागि पाँच खेलाडी बेच्ने तयारी गरेको छ । खेल प्रदर्शन खस्किएसँगै फिलिप कोटिन्हो, स्यामुल उमटिटि, इभान राकिटि, माल्कोम तथा नेल्सन सिमिडोलाई बार्साले समर ट्रान्सफरमा बेच्ने खेलाडीको सूचीमा राखेको जनाइएको छ।
मार्काका अनुसार खेलाडीलाई बेचेर बार्साले नयाँ खेलाडी अनुबन्ध गर्नेछ। लिभरपुलबाट १४२ मिलियन पाउन्डमा बार्सा आएका फिलिप कोटिन्हो बार्सामा उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन्।
उनलाई बार्साले बेच्ने तयारी गरेको छ। तर बार्साले कोटिन्होलाई १०० मिलियन पाउन्ड घटीमा नबेच्ने जनाइएको छ । उमटिटिलाई बार्साले यस सिजनको अन्त्यसँगै बेचिसक्ने जनाइएको छ। आयाक्स आ्याम्स्टरड्यामबाट म्याटहिज्स डि लाइट उमटिटिको स्थानमा बार्सा आउने जनाइएको छ ।
इभान राकिटिकलाई समेत बार्साले बेच्ने मनसाय बनाएको छ। तर उनले अहिले नै बार्सा छाड्ने मनसाय बनाएको छैनन्। आर्सनल, म्यानचेस्टर युनाइटेड तथा इन्टर मिलान राकिटिकलाई अनुबन्ध गर्न तयार भएको बताइएको छ ।
माल्कोम यस सिजनमात्र बार्सामा अनुबन्ध भएका थिए। यद्यपी यस सिजन उनले मात्र १२ लिग खेल खेल्न पाए । उनलाई बार्साले बोर्डिअक्सबाट ३५ मिलियन पाउन्डमा किनेको थियो। बार्साले उनको मूल्य ४५ मिलियन पाउन्ड तोकेको जनाइएको छ ।
यस्तै सेमिडोलाई प्रिमियर लिग क्लबले किन्ने अनुमान गरिएको छ। म्यानचेस्टर युनाइटेड र टोटनह्यामले उनलाई ३० मिलियन पाउन्डमा किन्न राजी भएको जनाइएको छ।