दु:खद खबर : २९ वर्षीय नेपाली युवाको इटालीमा मृत्यु !

  • साझा डबली
  • बुधबार, जेष्ठ १, २०७६
  • काठमाडौं, जेष्ठ १। स्याङ्जा स्थायी घर भएका २९ वर्षीय शोभितबहादुर बिश्वकर्माको उपाचारको क्रममा इटालीमा मृत्यु भएको छ । क्यान्सर रोगले पीडित बिश्वकर्माको शुक्रबार उपचारको क्रममा अस्पतालमै निधन भएको हो ।

    लगातार बान्ताको समस्या देखिएपछि उनी अस्पताल पुगेका थिए । तर, उपाचारको क्रममा उनलाई क्यान्सर लागेको पत्ता लागेको थियो। हाल दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका उनि डेढ बर्ष अघि इटाली आएका थिए ।

    अस्पतालमा उपाचारार्थ बिश्वकर्माकी श्रीमतीलाई ईटाली ल्याउन नेपाली अवैतानिक बाणिज्यदूत पाउलो नुगारीमार्फत पहल थालिएको थियो ।

    तर, श्रीमती इटाली आउनु अगावै बिश्वकर्माको मृत्यु भएको छ। उनकी ६ वर्षकी एक छोरीसमेत एनआरएन इटालीका महासचिव छबिलाल कडेलले जानकारी दिए ।

    स्विट्जरल्याण्ड स्थित नेपाली दूतावासका अनुसार मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको छ। शदगत नेपालमै गर्ने परिवारले इच्छा ब्यक्त गरेपछि शव नेपाल पठाउने प्रक्रिया थालिएको दूतावासले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology