आईपीएलको उपाधि मुम्बई इन्डियन्सलाई, कुन खेलाडीले जिते कुन अवार्ड ?

  • साझा डबली
  • एजेन्सी । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो । २०औं ओभरको अन्तिम बलमा लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए ।

    टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४९ रन बनायो । मुम्बईका काइरन पोलार्डले अविजित ४१ रन बनाए । क्विन्टन डी ककले २९, इसन किसनले २३, हार्दिक पान्ड्याले १६, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले समान १५/१५ रन जोडे ।

    चेन्नईका दीपक चाहरले तीन तथा शार्दुल ठाकुर र इमरान ताहिरले दुई/दुई विकेट लिए । एक सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईका सेन वाटसनले ८० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । फाप डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन बनाए । मुम्बईका जसप्रित बुमराहले दुई तथा कुणाल पाड्या, लासिथ मालिंगा र राहुल चाहरले एक÷एक विकेट लिए ।

    आईपीएलको फाइनलमा मुम्बई र चेन्नईबीच भिडन्त भएको यो चौथो पटक हो । सन् २०१० मा भएको फाइनलमा चेन्नईले मुम्बईलाई हराएको थियो । त्यसपछि सन् २०१३ र सन् २०१५ मा भएको फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि हात पारेको थियो ।

    इमरर्जिङ प्लेयर अफ टुनामेन्टको अवार्ड कोलकता नाईट राइडर्सका युवा खेलाडी शुममन गिलले जिते । जुन अवार्डको मनोनयनमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेका थिए ।

     

    कुन खेलाडीले जिते कुन अवार्ड :

    १. सर्वाधिक रन (अरेन्ज क्याप) – डेविड वार्नर (हैदरावाद)
    २. सर्वाधिक विकेट (पर्पल क्याप) – इमरान ताहिर(चेन्नई)
    ३. मस्ट भ्यालुवल प्लेयर – आन्द्रे रसेल (कोलकता)
    ४. इमरर्जिङ प्लेयर अफ टुनामेन्ट – शभमन गिल (कोलकता)
    ५. फास्ट फिफ्टी – हार्दिक पान्ड्या (मुम्बई)
    ६. उत्कृष्ट क्याच – काइनर पोलार्ड (मुम्बर्ई)
    ७. सुपर स्ट्राईकर – आन्द्रे रसेल (कोलकता)
    ८. स्टाइलिस प्लेयर अफ द सेसस – के एल राहुल (पन्जाव)
    ९. गेम चेन्जर अफ द सिजन – राहुल चाहर (मुम्बई)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology