फेसबुकमा राष्ट्रपतिलाई जथाभावी लेखेको अभियोगमा एकजना प्रधानाध्यापक पक्राउ

  • साझा डबली
  • सिन्धुपाल्चोक, वैशाख २५। सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै जथाभावी लेखेको अभियोगमा सिन्धुपाल्चोकका एकजना प्रधानाध्यापक पक्राउ परेका छन् ।

    उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोकको मेलम्चीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची–३ का ईश्वर कुमार चौलागाईं रहेको महाशाखाले जनाएको छ।

     

    महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार चौलागाईंले फेसबुकमा सम्मानित संस्थाविरुद्ध अपमानित हुने कुरा लेखेर पोस्ट गरेका थिए।

    प्रधानाध्यापक चौलागाईंका पोस्ट साइबर अपराध भएको पाइएपछि पक्राउ गरेको एसएसपी सिंहले बताए। चौलागाईं नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको सचिव रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology