आज सुनको मूल्य घट्यो कि बढ्यो ?

  • साझा डबली
  • काठमाडौं, बैशाख २४। आज साताको तेस्रो दिन (मंगलबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    आइतबार प्रतितोला १ सय रुपैयाले बढेर तोलाको ५९ हजार १ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार भने बढेको थियो ।

    सोमबार छापावाल सुन ४ सय रुपैयाले बढेर प्रति तोला ५९ हजार ५ सय रुपैयामा कारोबार भएको थियो भने आज मंगलबार पनि सोहि मुल्यमा कारोबार हुने नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

    त्यस्तै यस दिन तेजावी सुन तोलामा ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

    मंगलबार पनि चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा १० रुपैयाले बढेर प्रति तोला ७ सय २० रुपैयामा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology