आईपीएलमा आज मुम्बई र हैदरावाद भिड्दै

  • साझा डबली
  • काठमाडौ,वैशाख १९।भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन्। खेल मुम्बईको वाङखडे स्टेडियममा नेपाली समय अनुसार बेलुका ८ बजेर १५ मिनेटमा हुनेछ।

    अहिलेसम्म १२ खेल खेलेको मुम्बई ७ जितसहित १४ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। बिहीबारको खेल जितेमा मुम्बई १६ अंकका साथ प्लेअफमा स्थान बनाउने छ। यस्तै १२ खेल नै खेलेको १४ हैदरावाद ६ जितसहित १२ अंकका साथ चौथो स्थानमा रहेको छ।

    यसपल्टको आईपीएलमा यी दुई टोली दोस्रो पटक भिड्न लागेका हुन्। पहिलो खेलमा मुम्बईले हैदरावादलाई ४० रनले पराजित गरेको थियो।

    हैदरावाद उसका महत्वपूर्ण व्याट्सम्यान डेविड वार्नर बिना नै मैदानमा उत्रिने छ। वार्नर यस सिजनमा हालसम्म सबै भन्दा बढी रन बनाउने व्याट्सम्यान हुन्। उनी आफ्नो राष्ट्रिय टोलीका लागि अष्ट्रेलिया फर्किसकेका छन्। अब उनको ठाउँमा मार्टिन गुप्टिलले खेल्न सक्ने अनुमान छ।

    हालसम्म आईपीएलमा यी दुई टोलीबिच भएका १३ खेल मध्ये मुम्बईले ६ र हैदरावाद ७ खेलमा जित हात पारेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology