आफ्नै मन्त्रालयको काम प्रति असन्तुष्ट मन्त्री लम्साल

  • साझा डबली
  • पोखरा, बैशाख १६ । गण्डकी प्रदेशका उद्योग,बन तथा बाताबरण मन्त्री बिकास लम्सालले सरकारले सोचे अनुरुपको बिकास गर्न नसकीएको बताउनु भएको छ । प्रदेश मन्त्रालयले आयोजना गरेको समिक्षा तथा योजना तर्जुमा गोष्ठीको पोखरामा उदघाटन गर्दे उहाँले कर्मचारीहरुको असहयोगका कारण बिकासमा साझेदारीका लागि समस्या परेको बताउनुु भयो । बिसौ बर्ष निति र्निमाणमा बसेका कर्मचारीहरुले नै गोष्ठी र छलफलहरुमा अन्योलमा परेर भाषण गरेको देख्दा आफु आश्चर्यमा परेको उहाँको भनाई थियो ।

    कार्यक्रममा मन्त्री लम्सालले बिभिन्न बाहानामा काम हुन नदिने परिपाटी अहिले पनि बिद्यमान रहेको बताउनु भयो । आफु अहिले मन्त्रालयको काम प्रति सन्तुष्ट नभएको उहाँको भनाई थियो । विकासका लागि ट्याक परिबर्तन आवश्यक भएको तर कर्मचारीतन्त्रले नयाँ ट्याक मननपराएकोले समस्या आएको उहाँले औल्याउनु भयो । पुरानै परिपाटीलाई निरन्तरताको लागि संघियता नआएकाले कर्मचारीहरुलाई उहाँले उच्च मनोबलका साथै अप्ठेराहरुलाई सहजता तर्फ लैजाने खालका कामहरु गर्न अनुरोध गर्नुभयो ।बस्तुको उत्पादनका साथै बजारीकरण को ब्यबस्था मिलाउने योजना र्निमाण गर्न गोष्ठीको आयोजना भएकाले सोही खालका सुझाव दिन पनि उहाँले सहभागिहरुलाई आग्रह गर्नुभयो ।

    प्रदेश सरकारले एक स्थानिय तह एक उद्योग ग्राम र्निमाण गर्न लागेकोले सोही अनुसारको काममा लाग्न र जनताको जिवनस्तरको बिकास तर्फ सोच्न उहाँले कडा ढंगले र्निदेशन दिनुभयो।गोष्ठीमा मन्त्रालयका महाशाका प्रमुख नारायण आचार्यले मन्त्रालयले आगामी दिनमा कस्तो योजना बनाउने भन्ने बारे सहि र प्रभावकारी सुझाव दिने आशा व्यक्त गर्नुभयो । नेपाल सरकारका सह सचिव दिनेश भट्टराईले गोष्ठीमा मन्त्रालयले गर्नुपर्ने कार्यक्रमका बारेमा धारण राख्ने बताइएको छ । दुईदिन सम्म चल्ने गोष्ठीमा गण्डकी प्रदेशका ११ जिल्लाका मन्त्रालय अन्र्तगतका उद्योग अधिकृतहरुको सहभागिता रहेका छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology