मूख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरि बम प्रहार

  • साझा डबली
  • काठमाडौँ,बैशाख १६ । प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरिरहेको सभानजिक बम बिस्फोट भएको छ ।

    रोल्पा जिल्लाको एक कार्यक्रममा सहभागी हुन पुगेका पोखरेलले सम्बोधन गरिरहेको बेला बम प्रहार भएको हो । कार्यक्रमस्थल भन्दा करिव एक किलोमिटर पर बम बिस्फोट भएको बताइएको छ ।

    उक्त बम प्रहारबाट मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    पोखरेल जनप्रतिनिधि भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि रोल्पा पुगेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology