नेपाल एग्रो लघुवित्तको आईपीओ खुल्यो, ८०० कित्तासम्म आवेदन दिन पाइने

  • साझा डबली
  • आइतवार, बैशाख ८, २०७६
  • काठमाडौं, बैशाख ८। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ आइतबारदेखि निष्कासन भएको छ । संस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गरेको हो ।

    जारीपुँजीको ३२ं.५ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको संस्थाले जनाएको छ । आईपीओ निष्कासन बन्द छिटोमा बैंशाख ११ गते र ढिलोमा जेठ ६ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंङ्किङ्ग लिमिटेडले जनाएको छ ।

    न्युनतम १० देखि अधिकतम ८०० कित्तासम्म आईपीओ भर्न पाइने छ । निष्कासन मध्ये २ हजार ४८९ कित्ता संस्थाका कर्मचारी र ८ हजार ८९ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको नेपाल एसबीआईले जानकारी दिएको छ ।

    पोखरा महानगरपालिका विन्धवासिनीमा रहेको नेपाल एग्रोको पुँजी ४ करोड ९७ लाख ७७ हजार ८०० रुपैयाँ पुग्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology