करोडौंको ठगी आरोपमा व्यवसायी सुधीर बस्नेत पक्राउ

  • साझा डबली
  • काठमाडौँ,चैत २० । विवादास्पद घरजग्गा कारोवारी सुधिर बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई आज(बुधबार) साँझ आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

    सरकारले गठन गरेकाे छानबिन समितीकाे निर्देशनपछि बस्नेत पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडाैंले बस्नेतलाई भिमसेनगाेलास्थित घरबाट पक्राउ गरेकाे हाे।

    काठमाडाैं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बस्नेतलाई केही समयअघि पक्राउ गरेकाे पुष्टि गरे ।

    समस्याग्रस्त सहकारी समितीकाे प्रतिवेदनका आधारमा १४ कराेड ठगी गरेकाे प्रतिवेदन सरकारले बुझाएपछि कारबाही सुरू भएकाे एसएसपी लामाले बताए । उनका अनुसार बस्नेतलाई सहकारी ठगी र संगठित अपराधमा कारबाही अघि बढनेछ ।

    संगठित अपराध निवारण ऐन अनुसार कारबाहीका लागि कम्तीमा दुई र साे भन्दा बढिकाे संलग्नतामा अपराध भएकाे हुनुपर्छ । सहकारी ठगीमा सुधिरका सहयाेगी समेत प्रहरी खाेजीमा रहेकाे परिसरले जनाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology