प्रहरी र विप्लव समूहबीच काभ्रेमा गोली हानाहान

  • साझा डबली
  • काठमाडौं,  चैत ५  ।  काभ्रेको रोशी गाउँपालिकाका दोहोरो गोली हानाहान भएको छ । प्रहरी र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको हो ।

    विप्लव समूहले बम बनाइरहेको गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि उक्त समूहका कार्यकर्ता जाइलागेपछि प्रहरीले प्रतिकार गरेको दाबी उच्च प्रहरी स्रोतको छ ।

    घटनास्थलबाट बम बनाउने कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् । सरकारले प्रतिबन्ध लगाएपछि देशभर विप्लव समूहविरुद्ध सुरक्षा संयन्त्र परिचालित छ ।

    विप्लव समूहका केही सदस्यलाई फलो गर्दै गर्दा उनीहरुले गोली चलाएपछि फायरिङ गरेको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए ।

    घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology