फेवा महोत्सवको तयारी सुरु

  • साझा डबली
  • पोखरा, फागुन २८ । आगामी चैत २९ देखि बैशाख १ गते सम्म पोखराको फेवा किनारमा आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले यो महोत्सव आयोजना गर्न लागेको हो ।

    नेपाली खाना र नेपाली संस्कृतीको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । विगतमा संघले पाँच दिन लामो महोत्सव आयोजना गर्दै आएको भए पनि यो पटक महोत्सवलाई छोट्याइएको हो ।

    दर्शक तथा श्रोताहरुको भीड खासगरी उल्लेखित तीन दिनमा नै बढी हुने विषयलाई ख्याल गरी यस्तो निर्णय लिइएको अध्यक्ष तुलाचनले जानकारी दिए । महोत्सव सम्पन्न गर्न संघका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology