पोखराको रामघाटमा रवीन्द्र अधिकारीको अन्त्येष्टि

  • साझा डबली
  • पोखरा,फागुन १७ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। रामघाटमा उनको पार्थिव शरीरमा श्रीमती विद्या भट्टराई, छोराहरू विराज र स्वराज अधिकारीले दागबत्ती दिएका हुन्।

    उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो। पोखराको नयाँबजार, महेन्द्रपुल रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटसम्मको शवयात्रामा हजारौं सर्वसाधारणदेखी नेकपाका नेता कार्यकर्ता सहभागी भएका थिए। अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारको तयारी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology