भोली (फागुन ३ गते) सार्वजनिक विदा

  • साझा डबली
  • काठमाडौं, फागुन २ । सरकारले फागुन ३ गते सार्वजनिक विदा दिएको छ ।  ५ नं. प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

    प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक बिदा दिएको हो । प्रदेश मन्त्रिपरिषद बैठकले फागुन ३ गते प्रदेश ५ स्थापना दिवश बिशेष कार्यक्रम गरी मनाउने निर्णय पनि गरेको छ ।

    स्थापना दिवस मनाउन मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको संयोजकत्वमा व्यवस्थापन, भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रबक्ता बैजनाथ चौधरीको संयोजकत्वमा प्रचारप्रसार समिति र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीको संयोजकत्वमा प्रभातफेरी तथा स्थानीय व्यवस्थापन समिति गठन गरेको छ ।

    प्रदेश ५ मा फागुन ३ गते सार्बजनिक बिदा समेत हुनेछ । प्रदेश विकास परिषद गठन गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा विकास परिषद गठन भएको हो ।

    परिषदमा प्रदेश सरकारका मन्त्रीहरु, सम्बन्धित मन्त्रालयका सचिवहरु, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता, प्रदेश सभाका बिभिन्न समितिका सभापतिहरु, जिल्ला समन्वय परिषदका सभापतिहरु, स्थानीय तहका १५ जना प्रमुख तथा समाजमा बिशिष्ट योगदान पुर्‍याएका २५ जना विज्ञहरु सदस्य रहने प्रदेश सरकारले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology