Exclusive : काठमाण्डौको रविभवनमा क्याम्पस प्रसासन र विद्यार्थी संगठन बिच दोहोरो झडप, प्रहरीसहित आठ विद्यार्थी नेताहरु घाईते

  • सबिन रेग्मी
  • काठमाडौ, फाल्गुन २ । रविभवनस्थित नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा झडप हुँदा आठ विद्यार्थी नेता घाइते भएका छन् । संगठन विस्तारका लागी पुगेका अनेरास्ववियु-क्रान्तिकारी र अनेरास्ववियुका नेताहरुमाथि अज्ञात समूहले क्याम्पस परिसर भित्रै आक्रमण गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

    झडपमा अनेरास्ववियु क्रान्तिकारीका सचिव डिवी साउत र प्रहरी जवान ज्ञान बहादुर मगर गम्भीर घाइते भएका छन् । साउत र मगरलाई टाउकोमा गहिरो चोट लागेको र बल्खुस्थित बयोधा हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    झडपमा परि विद्यार्थी नेताहरु नारायण घर्ती, सतेन्द्र चौलागाई, सञ्जय दवाडी, राजकुमार ढकाल, राजकुमार भण्डारी, सौगात सेन ढकाल घाइते भएको क्रान्तिकारीका नेता सतेन्द्रराज चौलागाईले जानकारी दिएका छन् । उनले संगठन बिस्तारका लागी अनुमती दिएको नाटक गरेर क्याम्पस प्रशासनले टोले गुण्डा ल्याएर योजनावद्ध आक्रमण गराएको आरोप लगाए ।

    संगठन विस्तारका क्रममा विवाद हुँदा झडप भएको भन्दै कालीमाटी प्रहरी बृतका प्रमुख देवेन्द्र बहादुर पालले क्याम्पस भित्रै यस्तो घटना हुनु दुखद भएको बताए । झडप नियन्त्रण गर्न गएका प्रहरीमाथि समेत आक्रमण भएको पालले जानकारी दिए ।

    घट्नाबारे क्याम्पसको धारणा बुझ्न खोज्दा क्याम्पस प्रशासन सम्पर्कमा आउन चाहेन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology