प्रकाण्डका छोरा गोलिसहित पक्राउ पर्दा देशभरका विद्यालय बन्द !

  • साझा डबली
  • बिहिबार, माघ २४, २०७५
  • काठमाडौँ, माघ २४ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले आइतबार देशभरिका शिक्षण संस्था बन्द गरेको छ ।

    पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको हो ।

    अखिल क्रान्तिकारीको बन्दले राजधानीसहित देशभरका निजी तथा सरकारी शिक्षणसंस्था प्रभावित भएका छन् । यसअघि माघ १७ गते विप्लव माओवादीको विद्यार्थी विभाग हेरिरहेका नेता नरेन्द्र विश्वकर्मा मोरङबाट पक्राउ परेका थिए ।

    सुनसरीमा जिल्ला भेला गरेर काठमाण्डु फर्कने क्रममा विश्वकर्मालाई प्रहरीले तीन राउन्ड गोलीसहित पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार विश्वकर्मालाई बिहीबार साँझ विराटनगर विमानस्थलबाट चाइनिज पेस्तोलको तीन राउन्ड गोलीसहित पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology