बिदेशमा बसेर चर्चित ३३ किलाे सुनमा लगानी गर्ने ब्यक्ति काे हुन ?

  • साझा डबली
  • बुधबार, माघ २३, २०७५
  • काठमाडौँ, माघ २३ । चर्चित ३३ किलाे सुन काण्डमा लगानी गर्ने ब्यावसायी हरिशरण खड्का विदेशमा बसेर सुन तस्करीमा लगानी गरेकाे भन्दै दुबईमा पक्राउ गरेकाे छ । काभ्रेका खड्काविरुद्ध नेपाल प्रहरीको इन्टरपोल शाखाले ‘डिफ्युजन नोटिस’ जारी गरेपछि उनी समातिएका हुन् ।

    २०७३ पुसमा सीआइबीले अन्तर्राष्ट्रिय विमानस्थलबाहिर बरामद गरेको साढे ३३ किलो सुन बरामद घटनामा समेत खड्कालाई प्रतिवादी बनाइएको थियो । अदालतमा विचाराधीन सनम शाक्य हत्या र गायब पारिएको साढे ३३ किलो सुन प्रकरणमा समेत सुनमा लगानीकर्तामध्ये खड्कालाई प्रतिवादी बनाइएको छ ।

    उनी विदेशमा लुकेर बसेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङको आग्रहमा इन्टरपोल शाखा काठमाडौंले फ्रान्सस्थित इन्टरपोलको मुख्य कार्यालयमा पत्राचार गरेको थियो । यो समाचार आजको अन्नपूर्णले लेखेकाे छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology