जनवादी गायक जीवन शर्मा पार्टीबाट निलम्बीत

  • साझा डबली
  • काठमाडौँ, माघ २२ । बहुचर्चित जनवादी गायक जीवन शर्मा कारवाहीमा परेका छन्। रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष समेत रहेका शर्मालाइ उनको पार्टीले निलम्वन गरको हो।

    नेकपा (मसाल) को आठौं महाधिवेशनको तयारी चलिरहेको अवस्थामा नेकपा (मसाल) को केन्द्रीय कार्यलयको बैठकले शर्मालाई पार्टी केन्द्रीय सल्लाहकार तथा सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्नुका साथै रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय अध्यक्षबाट पनि हटाउने निर्णय गरेको छ ।

    शर्माले महाधिवेशनको अवसरमा चलेको दुई लाइन सघर्षमा स्पष्टसँँग अल्पमत पक्षको राजनितिक कार्यदिशालाई समर्थन गरेका थिए । अल्पमत पक्षमा लागेका नेता/कार्यकर्तालाई यो वा त्यो बहानामा अनुशासनको डण्डा लगाएर पार्टीबाट कारवाही गर्दै आएको मसालको बहुमत पक्षले केन्द्रीय समिती र कार्यलयमा प्राविधिक बहुमत बनाएर जीवन शर्मालाई पार्टीबाट निलम्बन गरेको हो ।

    शर्मालाई पार्टीबाट गरिएको विषयलाई लिएर मसालभित्र तिब्र विरोध भएकाे छ। रक्तिम सांस्कृतिक अभियानको सम्मेलनको पूर्वसन्ध्यामा शर्मालाई हटाएपछि सम्मेेेेलनसमेत प्रभावित भएकाे छ।

    रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनको तयारीकाा लागि देश दौडाहमा रहेका शर्मालाई पार्टीले रक्तिमको अध्यक्षबाट समेत हटाएकाे छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology