आपसी मिलेमतोमा गाउँपालिका अध्यक्षले गरे ३१ लाख बराबरको आर्थिक अनियमितता

  • साझा डबली
  • रामेछाप,माघ २२ । रामेछापको सुनापति गाउँपालिकामा चरम आर्थिक अनियमितता भएको तथ्य सार्बजनिक भएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि मिचेर आर्थिक अनियमितता भएको खुलेको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधी खरिदको ३१ लाख बराबरको रकम आपसी मिलेमतोमा घोटाला गरिएको छ ।

    गाउपालिका अध्यक्ष धावा लामा ,कार्यकारी अधिकृत सुनिल निरौला, स्वास्थ्य प्रमुख प्रबल कुमार योञ्जन र स्वास्थ्य सहायक अर्जुन श्रेष्ठको मिलेमतोमा घोटाला गरिएको हो । स्वास्थ्य सहायक अर्जुन श्रेष्ठले गाउँपालिका अध्यक्षलाई प्रभावमा पारेर अन्य कर्मचारी र जनप्रतिनिधि हरूलाई समेत दबाब सिर्जना गर्ने गरेको एक कर्मचारीले बताए । यस अघि २० लाख बराबरका कामहरूको टेण्डर प्रक्रिया मार्फत नै काम भईरहेको छ भने ५० लाख बराबरका कामहरूको टेण्डर खुला गरिएको सुचना प्रकाशीत भएको छ । तर औषधि खरिदको सुचना प्रकाशीत नगरिकनै काम गरिएको छ । टेण्डर खुला नगरीकन डालिमा मेडिसेल्स नामक कम्पनि संगको मिलेमतोमा १९ लाख बराबरको औषधी खरिद गरिएको छ ।

    यस अघि पनि सिटि पोष्ट नामक दैनिक पत्रिकामा गुपचुप रूपमा सुचना प्रकाशीत गर्ने र सुचना प्रकाशीत भएको दिनको पत्रिका मिलेमतोमा बजारमा जान नदिएर सबै आफैले खरिद गर्ने गरेको पाईएको छ । यस भन्दा अगाडी प्रकाशीत गाउपालिकाको खुला सुचनाहरू फेसबुक पेज र आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिन्थ्यो । तर यो पटक औषधि खरिदको सुचना गाउपालिकाको वेवसाईट,फेसबुक पेज र सुचनापाटी कतै पनि सार्बजनिक नगरिकन आन्तरिक मिलेमतोमा खरिद गरिएको छ । केही महिना अगाडी गाउपालिका अध्यक्ष धावा लामाले ५ लाख बराबरको औषधी आकस्मिक खरिदको विल बनाएर आफ्नै गाडि लिएर लिन पुगेका थिए ।

    गाउपालिकाले आवश्यक सामग्री खरिदका लागि खरिद समिति बनाएको भए पनि खरिद समितिको बैठक र निर्णय बिना नै खरिद गर्ने गरेको पाईएको छ । यो गाउँपालिकामा तत्कालिन एनेकपा माओवादीले एकलौटी चुनाव जितेको थियो । चुनावी दौरानमा ब्यापक लोकप्रिय नारा प्रचार गरेपनि अध्यक्ष धावा लामाको स्वार्थ र ब्यक्ति केन्द्रित गतिविधि र सामुहिक रूपमा निर्णय लियर काम नगर्ने प्रवृत्तिले अपेक्षित रूपमा काम हुन नसकेको नेकपाको एक स्थानिय कार्यकर्ताले बताए । हामीले आशु,रगत र पसिना बगाएर बनाएको पार्टी र संगठन गाउँपालिका अध्यक्षले अक्षमता र हठ प्रस्तुत गरेर बृद्वा आश्रम बनाएको आरोप लगाए । यहि कारणले कम्युनिस्टहरूको आधार क्षेत्र भत्किन सक्ने खतरा पैदा भएको भन्दै उनले चिन्ता ब्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology