एभरेष्टको बार्षिक उत्सब सम्पन्न

  • साझा डबली
  • भवेश जमर कट्टेल / पथरीशनिश्चरे,फाल्गुन १४। मोरङको पथरीशनिश्चरे नगरपालिका १ मा रहेको एभरेष्ट अङ्ग्रेजी बोर्डिङ विद्यालयले आफ्ने ३३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ । तिनदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालयले ३३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । विधालयको बिद्यार्थी , अभिभावक संघका अध्यक्ष पर्शु मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सीटीएफ नेपालका १ नम्बर प्रदेश निर्देशक बिनोद कार्की रहेका थिए ।

    कार्यक्रमको तेस्रो तथा अन्तिम दिन बिद्यार्थीहरुले संस्कृति झल्काउने प्रस्तुती पस्कदै सबैलाई मनोरञ्जन दिलाएका थिए । साथै गत बर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने बिधार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । बिद्यालयले प्रत्येक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई क्रमशः सतप्रतिशत, पचास प्रतिशत र पच्चिस प्रतिशत छात्रवृत्ति समेत दिदै आएको छ ।

    कार्यक्रमको पहिलो दिन शनिबार विद्यालयले अभिभावकहरुका बिचमा छेलो, म्युजिकल चियर, डोरी तान्ने, हाँडीफोर तथा सियोमा धागो उन्ने लगायतको खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । दोस्रो दिन आइतबार प्लेग्रुप देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुले निमार्ण गरेको बिज्ञान, प्रविधि लगायतको विषयमा १३ वटा स्टलमा शैक्षिक सामाग्रीहरु प्रदर्शनी गरेका थिए ।

    कार्यक्रममा गत बर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने बिधार्थीहरु, अभिभावकहरुका बिचमा भएको खेलकुद प्रतियोगिता र वर्षभरी सञ्चालन गरीएको विभिन्न खेलकुद खेलकुद प्रतियोगिता र वर्षभरी सञ्चालन गरीएको विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने विजेताहरुलाइ कार्यक्रमको निर्देशक रविन कन्दङवा,प्रमुख अतिथि बिनोद कार्की,विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिना लगायतले पुरस्कार वितरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 sajhadabali.com All right reserved Site By : SobizTrend Technology