मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता सुरु,उद्घाटन खेलमा एपिएफको जित

  • साझा डबली
  • पोखरा माघ १५ । पोखरामा मनकामना केबुलकार पोखरा कप फुटवल प्रतियोगिता २०७५ सुरु भएको छ । पोखरा रंगशालामा भएको
    उद्घाटन खेलमा सशस्त्र प्रहरी वलको एपिएफले विजयी सुरुवात गरेको छ ।

    एपिएफले हिमालयन शेर्पालाई २–१ को झिनो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । एपिएफको जितमा म्यान अफ दी म्याच घोषित आसिस लामा र कप्तान सुदिप सिंखडाले पेनाल्टीमा एक÷एक गोल गरेका हुन्। हिमालयनका अम्मर डंगोलले एक गोल गरे । खेलको २६ औं मिनेटमा आसिस लामाले करिब ३० यार्ड नजिक पाएको वललाई फस वार च्याप्दै गोल गरेका हुन् ।

    खेलको ५४ औं मिनेटमा हिमालयनका अम्मर डंगोलले डि वक्स भित्र पाएको वललाई पोष्टमा चार्ज गरी खेल बराबरीमा पुराएका हुन्। खेलको ७८ औं मिनेटमा ट्रनिङ प्वाईट हुदा एपिएफले हिमालयन शेर्पासंग वदला लिने मौका पायो । हिमालयनका विदेशी खेलाडी अल्रिच सिवीईले डि एरियामा ह्याण्ड गरेसंगै एपिएफले पाएको पेनाल्टीको अवसरलाई सिंखडाले सदुपयोग गरी २–१ को अग्रता दिलाएका हुन् ।

    भोलि बुधबार च्यासल क्लव र पाहुना टोली डफिन्स टिम फेमेली क्यामरुन बिच खेल हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology